हाल विदेशमा रहेका नेपाली नागरिकहरु जो नेपालमा पनि आम्दानीको श्रोत बनाउन इच्छुक हुनुहुन्छ।
एकमुस्ट लगानी गर्न चाहने वा किस्तामा लगानी गर्न चाहनेहरुका लागी।
Portfolio Management Service अर्थात् लगानी व्यवस्थापन सेवा भन्नाले एक प्रकारको समपति व्यवस्थापन सेवा हो जसमा पूंजी बजारका अनुभवी र दक्ष लगानी व्यवस्थापकले ग्राहकहरुको लगानी उद्देश्य तथा जोखिम बहन क्षमताको आधारमा लगानी व्यस्थापन तथा परामर्श सेवा प्रदान गर्दछन्।
Non - Discretionary Portfolio Management Service अर्थात् गैह्र स्वेच्छिक लगानि व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले नबिल ईन्भेष्टको विशेषज्ञको विश्लेषण तथा परामर्शको आधारमा लगानी गर्ने निर्णय स्वयं ग्राहकले लिनेछन्।
कुनै पनि शेयर खरिद वा बिक्री गर्नुपर्ने भएमा प्रत्येक कारोवार गर्ने अधिकार ग्राहकले नबिल इन्भेष्टलाई दिनेछन् र सोही बमोजिम ग्राहकको तर्फबाट खरिद वा बिक्री गरी सिस्टममा राख्ने भुक्तानी प्राप्त गर्ने लगाएत प्रशासनिक कार्य गर्ने काम नबिल इन्भेष्टले गर्नेछ ।
यो सेवाले ग्राहकको अनुरोधमा ग्राहकको तर्फबाट ग्राहकको सम्पत्तिको सुरक्षा गर्ने तथा ग्राहकको अनुरोध अनुसार लगानीको व्यवस्थापन गर्ने कार्य गर्दछ । समग्रमा भन्नुपर्दा यो सेवामा नबिल इन्भेष्टले केवल लगानी सम्बन्धि सल्लाहकारको भूमिका तथा ग्राहकको लागि अन्य प्रशासनिक कार्यहरु गर्दछ ।
१
तलको सरल फारम भर्नुहोस।
२
हाम्रो कर्मचारीले तपाईंलाई सम्पर्क गर्नुहुनेछ।
३
अनलाइन मिटिङ गरेर लगानीका अवसरहरु र तपाईंको आवश्यक्ताहरुको अध्ययन गरिनेछ।
४
लगानी गर्नका लागी चाहिने आवश्यक कागजातहरू कुरियर मार्फत पठाईनेछ। वा हाम्रो website मा प्राप्त गर्न सिकनेछ ।
५
कुनै पनि कारोबार गर्न अगाडी हामीसंग परामर्श लिन सकिनेछ।