हालको परिस्थितिमा अनलाइनबाटै खाता खोल्नु भनेको नै आफ्नो, र आफ्नो परिवारको सुरक्षा रोज्नु हो। घरै बसेर खोल्न मिल्ने Nabil Invest को Online Demat खाता आवेदन प्रकृया एकदमै सरल र सुरक्षित छ।
नबिल ईनभेष्टको अनलाइन Demat खाता खोल्ने विधिबाट भरिएका र त्यसपश्चात Meroshare र Demat खाता बापत लाग्ने दस्तुर भुक्तानी गरेका सबै खाताहरु अनलाइन बाटै खुल्छन् (यस्तो भुक्तानी अनलाईनबाटै गर्न सकिन्छ ) र Debit Freeze भएका हुन्छन्।
Debit Freeze भए पनि, तपाईंले यो खाता प्रयोग गरी भौतिक शेयरहरुको अभौतिकरण (Dematerialization) गर्न, Meroshare बाट निस्कासन हुने IPO, FPO वा अन्य लगानी साधनहरुमा आवेदन हाल्न सक्नुहुनेछ। त्यसैले, लगानीको सुरुवात् गर्न Nabil Investment को अनलाइन Demat खाता उपयुक्त छ।
यसरी खोलिएको Demat खाताबाट शेयर बिक्री वा धितो बन्धक गर्नुपरेमा भने विद्यमान धितोपत्र बोर्डको नियमानुसार आफुलाई पाएक पर्ने नबिल बैंकको कुनै पनि शाखा कार्यलय वा नबिल इन्भेष्ट (नक्साल) मा आफ्नो अनलाईन डिम्याटबाट प्राप्त Reference Number र सक्कल नागरिकता वा आधिकारीक परिचयपत्र सहित उपस्थित भै सम्झौता पत्रका हस्ताक्षर गर्नुपर्नेछ।
१
Nabil Investment को अनलाइन Demat खाता आवेदन भर्नुहोस् र Save बटनलाई थिच्नुहोस्।
२
यसरी आवेदन भरीसकेपछी आउने स्क्रिनमा Reference No. नोट गर्नुहोस् र Pay Online मा क्लिक गर्नुहोस्। तपाईंले eSewa, Khalti, Card, Internet Banking वा Mobile Banking जस्ता माध्यमबाट मेरोशेयर र Demat खाताको दस्तुर सजिलै तिर्न सक्नुहुनेछ।
३
व्यक्तिगत Verification (पहिचान यकिन) गर्न प्रष्ट रुपमा देखिने गरी नागरिकता वा पासपोर्ट सहित आफ्नो अनुहार देखिने गरि खिचिएको फोटो फारम भर्दा अपलोड गर्नु पर्ने हुन्छ। अनलाइन Demat खाता खोल्ने थप प्रश्न भएमा, आजै फोन गर्नुहोस्
DeMat खाता खोल्दा गरिएको दस्तुर भुक्तानी १ वर्ष सम्मको लागी हो। त्यसैले, १ वर्ष पछि फेरी दस्तुर भुक्तानी गर्नुपर्ने हुन्छ ।
यदी, तपाईं आजिवन दस्तुर बुझाउने झन्झट् बाट मुक्त हुन चाहनुहुन्छ भने, हाम्रो आजीवन Demat खाता बारे अवश्य बुझ्नु होला ।